मध्य भोटेकोशीले आइपिओ ल्याउन अनुमति पायो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१० प्रतिशत) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) सेयर पाउनेछन् ।यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापि