हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठको पदावधि थप्ने वा नथप्ने विषयमा विवाद उत्पन्न भएको छ। पहिलेदेखि नै गुटबन्दी देखिएको बैंकमा अहिले दुवै पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो। संस्थापन अध्यक्ष हिमालय शमशेर जवराको प्रतिनिधित्व गर्दै आएका प्रमुख कार्यकारी अधिकृत अशोक राणा श्रेष्ठको अवधि थप्न नहुने पक्षमा छन्। श्रेष्ठले भने जसरी पनि अवधि थप्नुपर्ने अडान राख्दै आएका…