धनगढी । अखिल (छैठौं) कैलाली ले आज संसद विघटन को विरुद्धमा धनगढी र अत्तरियामा मसाल जुलुस सम्पन्न गरेको छ।
धनगढीमा पार्कगेटबाट निस्केको मसाल जुलुस प्रहरी हस्तक्षेपका बाबजुद पार्कमोड, एलएन चोक हुँदै कैलाली पुलसम्म पुगी पुनः फर्केर एलएन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई अखिल (छैठौं) का सचिवालय सदस्य उमेश कँडेल, जिल्लाध्यक्ष जनक आचार्य, पूर्व केन्द्रीय उपाध्यक्ष लक्षिराम आचार्यले सम्बबोधन गर्नुभएको थियो ।
त्यसैगरी अत्तरियाको कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट र प्रदेश सहसचिव टङ्क अवस्थीले सम्बोधन गर्नुभएको थियो ।