राष्ट्र बैंकले विद्युतीय मुद्रा चालू आर्थिक वर्षभित्र परीक्षण गर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) भित्र विद्युतीय मुद्रा (डिजिटल करेन्सी) परीक्षण गर्ने भएको छ । उसले विद्युतीय मुद्रा जारी गर्नका लागि आवश्यक नीतिगत तथा प्राविधिक पूर्वाधार विकास गरी निश्चित समूहभित्रबाट परीक्षण गर्न लागेको हो ।  ‘चालू आवभित्र आवश्यक ऐन, कानून र नीति निर्माण तथा आवश्यक प्राविधिकलगायत पूर्वाधार विकास गरी सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) परीक्षण गर्ने हाम्रो लक्ष्य छ,’ नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले भने, ‘त्यसका लागि इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट सहयोग लिएका छौं ।’ राष्ट्र बैंकले गत सोमवार आईएफसीसँग नयाँ आविष्कार तथा यसको परीक्षण गर्ने केन्द्र (रेगुलेटरी स्यान्डबक्स/इन्नोभेशन सेन्टर) निर्माणका लागि सम्झौता गरेको छ । ‘रेगुलेटरी स्यान्डबक्स’मार्फत निश्चित प्रयोगकर्ताको बन्द समूह निर्माण गरी नयाँ विषयको परीक्षण गर्ने बताइएको छ । यसमार्फत सीबीडीसीको परीक्षण सफल भएपछि मात्र प्रयोगमा लैजाने सहायक प्रवक्ता पोखरेलले बताए ।  विद्युतीय मुद्राको कारोबारमा सर्वसाधारणको आकर्षण बढ्न र अन्य देशले पनि यस्तो मुद्रा जारी गर्न थालेपछि राष्ट्र बैंकले सीबीडीसी जारी गर्न २ वर्षअघि आवश्यक तयारी थालेको हो । राष्ट्र बैंकले सीबीडीसीको काम अघि बढाउन डेपुटी गभर्नर बमबहादुर मिश्रको संयोजकत्वमा ‘स्टेरिङ कमिटी’ बनाएको छ । उक्त कमिटीले सीबीडीसी अध्ययनका लागि निर्देशक अनुज दाहालको संयोजकत्वमा गठन गरेको कार्यदलले अघिल्लो आवमै सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो ।  त्यसपछि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा पनि सीबीडीसी जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाइने उल्लेख गरेको छ । सोहीअनुसार केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा छुट्टै एकाइसमेत निर्माण गरिएको छ ।  राष्ट्र बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनले सरोकारवालाको सहभागिता रहने गरी छुट्टै संरचना र टोली निर्माण गरेर मात्र सीबीडीसी परियोजना अघि बढाउन उपयुक्त हुने उल्लेख गरिएको छ । शुरुआती चरणमा भने राष्ट्र बैंककै भुक्तानी प्रणाली विभाग वा सूचनाप्रविधि विभागभित्रै सानो एकाइ खडा गरी काम अघि बढाउन सकिने सुझाव दिएको छ । यसैगरी प्रतिवेदनमा सीबीडीसी जारी गर्नुअघि तथ्यांकको सुरक्षासहित उच्चस्तरीय प्रविधिको निर्माण, केन्द्रीय बैंकको क्षमता विकास, विस्तृत सम्भाव्यता अध्ययन, पर्याप्त कानूनी व्यवस्था, लक्ष्य निर्धारण र जनचेतना विस्तारका लागि काम गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । अर्थतन्त्र नगदबाट विस्तारै डिजिटलमा रूपान्तरण हुँदै गएकाले विद्युतीय मुद्रा आवश्यक भए पनि सफलताको लागि राजनीतिक स्वामित्व र सर्वसाधारणको स्वीकार्यता पनि उत्तिकै जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।  विश्वभर निजीक्षेत्रबाट जारी भएका ‘क्रिप्टोकरेन्सी’लगायत विद्युतीय मुद्रामा सर्वसाधारणको आकर्षण बढेसँगै केन्द्रीय बैंकहरुले सीबीडीसी निष्कासन गर्न थालेका हुन् । निजीक्षेत्रबाट जारी विद्युतीय मुद्रामा कानूनी आधार तथा जिम्मेवार निकाय नहुने भएकाले यसमा लगानी जोखिमपूर्ण मानिन्छ । केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्राको जिम्मेवारी उसैले लिने भएकाले सुरक्षित मानिन्छ । विद्युतीय मुद्राको कारोबार विद्युतीय रूपमा गर्न सकिन्छ । तर, यसको प्रयोग सोही देशभित्र मात्र सीमित हुन्छ । यसको प्रयोगले विद्युतीय भुक्तानीमा सर्वसाधारणलाई आकर्षित गर्न सकिने र नोट छपाइ तथा वितरणमा हुँदै आएको खर्च कटौती हुने केन्द्रीय बैंकले बताएको छ । 

सम्बन्धित सामग्री

आगामी साता मौद्रिक नीतिको समीक्षा : अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

आगामी साता चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको प्रथम समीक्षा सार्वजनिक गर्ने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लचिलो नीति लिएको राष्ट्र बैंकले त्रैमासिक...

ठूला ऋणीहरूको सुपरिवेक्षण गर्न साउनभित्रै मार्गदर्शन

चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिमा उल्लेख गरिएअनुसार ठूला ऋणीहरूको अनुगमन गर्न राष्ट्र बैंकले यही साउनभित्रै मार्गदर्शन ल्याउने भएको छ । बैंक सुपरिवेक्षण विभागले यसको तयारी गरिरहेको राष्ट्र बैंकका कार्यकारी...

मौद्रिक नीति ​​​​​​​: स्वदेशी उत्पादन बढाउन सहयोग पुग्ने

स्वदेशी उत्पादन बढाउन सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति ल्याएको छ । मौद्रिक नीतिको उत्पादनशील क्षेत्रलाई कम ब्याजदरमा ऋण दिने, पुनर्कर्जाको सुविधालाई निरन्तरता दिनेलगायत...

राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिको  अर्धवार्षिक समिक्षा गरेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको आज समिक्षा गरेको हो ।

राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो ।राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ । यस कारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेक

चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पूर्णपाठ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ।

मौद्रिक नीति : उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार राष्ट्र बैंकमा विशेष कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।   मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशत रहने व्यवस्था विद्यमान राखिएको छ ।

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने राष्ट्र बैंकले प्रक्ष्यपण गरेको छ। चालू वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो। चालू वर्षको नौ महिनासम्म आर्थिक तथा वित्तीय स्थिती पुनरुत्थान भएकाले ४ प्रतिशतसम्म आर्थिक वृद्धि हुने केन्द्रीय बैंकले बताएको हो।

राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासकि समीक्षा

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको छ। राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रोपटक समीक्षा गरेको हो। साउन २ गते सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर १८ र अर्धवार्षिक समीक्षा फागुन २ गते गरिएको थियो।