दार्चुला – केही दिनयता बिना अनुमति दार्चुला जिल्लाको सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाएर विवादित भूमी कालापानी जाने गरेकोमा पत्राचारपछि भारतीय हेलिकप्टरको उडान रोकिएको छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले गएको शनिवार भारतीय अधिकारीलाई पत्र लेख्दै, बिना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडाउने गरेको भन्दै पत्र पठाएपछि हेलिकप्टरको उडान कार्य रोकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भएको छ ।प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार आफूले पत्रसँगै भारतीय एसडीएमसँग टेलिफोन सम्बाद ...