वीरगञ्जमा दशैं किनमेल : सडकमा चहलपहल, व्यापार सुनसान

वीरगञ्ज। सीमावर्ती शहर वीरगञ्ज...

सम्बन्धित सामग्री

दशैं किनमेल: सीमापारि भीडभाड, वारी सुनसान

वीरगञ्ज । विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन् । नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्नलागयतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुने थालेका हुन् । […]

दशैंको रौनकले नछोएका भरिया दाइ

काठमाडौं : नेपालीहरूलाई महान् चाड दशैंले छपक्कै छोपेको छ। पसल पसलमा नयाँ लुगा किन्नेको भीड छ। कोही घर फर्किसकेका छन्। घर फर्किने नसक्नेहरु रोजिरोटीका लागि जहाँ थिए‚ त्यहीं छन्।मजदुरी गरी जीविकोपार्जन गर्दै आएकाहरुको कथा फरक छ। उनीहरूलाई दशैंले छोएको छैन। उनीहरू एक छाक पेट भर्नका लागि घामपानी नभनी पसिना बगाइरहेका छन्। कहिले त उनीहरू भोकै पनि रात काट्न बाध्य हुन्छन्।गत मंगलबार बौद्धमा पनि त्यस्तै दशैं किनमेल गर्नेको भीड थियो। कोही लुगा व्यापारीले भन्दै थिए, ‘यी लुगा लानुस्, राम्रो छ, स

ठेलमठेल मंगलबजारको दशैं किनमेल (फोटो फिचर)

२६ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंअघिको समय नेपालमा धेरै सामान किनमेल हुने समय हो । अहिले काठमाडौं उपत्यकाका नयाँ पुराना सबैथरि बजारमा ग्राहकको भिड छ । दशैंमा नयाँ लुगा किन्नेदेखि नयाँ सामान जोड्नेसम्म चलन हुन्छ । दशैंको बेलामा अत्यधिक भिड हुने क्षेत्रमा काठमाडौंको असन, न्युरोड क्षेत्र पर्छ । काठमाडौंको असनजस्तै ललितपुरको भने […]

नबिलले ल्यायो ‘नयाँ लुगा’ नामक सन्देशमूलक दशैं भिडियो

काठमाडौं (अस) । नबिल बैंकले ‘नया“ लुगा’ नामक दशैंको सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । नयाँ भिडियोले दशैं मनाउन शहरमा बसोवास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथालाई जीवन्त ढंगले प्रस्तुत गरेको छ । भिडियोमा एक जना पुरुष शहरमा जागिर गर्छन् । घरबाट उनको छोरीले दशैंमा नयाँ कपडा ल्याइदिन फोन गर्छिन् । उनी छोरी र श्रीमतीको खुशीका निम्ति दशैं किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किंदा, बाटो बिग्रेर जाममा पर्दछ । तर परिवारको खुशीको लागि उनी रातभर हिँडेर गाउँ पुग्छन् । घर पुग्दा छोरी, आमा अनी छोरीको साथी सबै खुशी भई दशैं मनाएको उल्लासमय माहोल भिडियोमा देखिन्छ । साथै अब जागिर खान शहर जाने होइन, गाउँमै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।  सकभर दशैंमा आफ्नो परिवारसँग सुरक्षित साथ खुशी साटासाट गराैं भन्ने सन्देश समेत उक्त भिडियोमार्फत व्यक्त गरिएको छ ।

रानी–विराटनगर नाका खुला

विराटनगर । कोरोना महामारीका कारण भारत र नेपालको रानी जोगवनी सीमानाका बन्द भएको १९ महीनापछि शनिवारबाट पूर्णरूपमा सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई पनि आउजाउको छूट दिइएको छ । नाकाबन्द हुँदा खेतखलियानको बाटो प्रयोग गरेर भए पनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरे पनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर, विभागको पत्र प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर शनिवारबाट लागू हुनेगरी नाका पूर्णरूपमा सञ्चालनमा ल्याएको हो । सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहेको भए पनि सवारीसाधन आवतजावत पूर्णरूपमा बन्द थियो । शनिवारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुईपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधन आउजाउ गर्न थालेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भारतबाट आउने सबै यात्रुलाई नाकामा रहेको स्वास्थ्य डेस्कले स्वास्थ्य सावधानी अपनाउन र ज्वरो जाँच गरेपछि मास्क लगाएर मात्र नेपाल प्रवेशको सुविधा दिनेछ । पहिले पनि रानी नाकामा स्वास्थ्य डेस्कमार्फत चेकजाँच भइरहेको थियो । सीमाक्षेत्रका स्थानीयका अनुसार पहिले हिँडेर नाका पार गरेर जोगवनी बजारमा किनमेल गर्नेको भीड भए पनि शनिवारबाट गाडी नै लिएर पारि दशैं किनमेल गर्नेहरूको निकै घुइँचो लागेको छ । यही कारण भारतीय बजार जोगवनीमा ट्राफिक व्यवस्थापनमा कठिनाइ आएको छ । सहज रूपमा यात्रु आवतजावत गर्न थालेपछि अहिले भारतीय रेलवे स्टेशन र जोगवनी बजारमा नेपालीहरूको भीड लागेको भारतीय पत्रकार अरूण मिश्राले बताए ।