काठमाडौंको शंखरापुरमा एमालेको अग्रता, उपप्रमुखमा काँग्रेस अगाडि

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखका उम्मेदवारमा एमालेले अग्रता लिएको छ । वडा नंबर १ र ९ को मतगणना हुँदा नगर प्रमुखका उम्मेदवार कृष्णलाल बजगाईले ४ सय १० मत पाएका छन् । १२ मतले पछि परेका  रमेश नापितले ३ सय ९८ मत पाएका छन् । तेस्रोमा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ३ सय ४९ मत पाएका छन् । चौथोमा माओवादी केन्द्रका निरज केसीले १ सय ७९ मत पाएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादी र काँग्रेस गठबन्धनका  उपमेयरले अग्रता हासिल गरेको छ । काँग्रेस उपमेयरले ४ सय ९६ मत, एमा

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुबीच २१० को मतान्तर रहेको छ […]

ललितपुर महानगर अपडेट : मेयरमा काँग्रेस, उपमेयरमा एमालेको अग्रता

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार चिरिबाबुले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई दोब्बरभन्दा धेरै ५३६ मतले पछि पार्दै लिड गरिरहेका छन् । महर्जनले ९८४ मत प्राप्त गर्दा व्यञ्जनकारले ४४८ मत पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १०८ मत पाएका छन् […]

स्याङजाको चार गाँउपालिकामा काँग्रेस अगाडि, दुई गाँउपालिकामा एमालेको अग्रता

नेकपा एमालेका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धरले ३१०५ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा गठबन्धनका नेकपा माओवादीका मिठु लम्सालले ३५०४ सहित अगाडि रहदाँ नेकपा एमालेका इन्द्रकुमारी थापा रानाले ३११४ मत प्राप्त गरेका छन्।...

मंगलसेन नगरपालिकामा एमालेको अग्रता, उपमेयरमा समाजवादीका रावत दोब्बर मतले पछाडि

अछामको मंगलसेन नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पदमबहादुर बोहराले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार बोहराले १३०७ मतसहित आग्रह लिएका हुन् । बोहरालाई नेपाली काँग्रेस उम्मेदवार नमबहादुर शाहले ११९४ मतका साथ पछ्याइरहेका छन् ।म‌ंगलसेनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच तालमेल हुँदा पनि सुरुवाती मत परिणाममा निवर्तमान मेयरसमेत रहेका एमालेका बोहरा ११३ मतले अगाडि छन् । यस्तै उपमेयरमा पनि एमालेका उम्मेदवार संगीता कुमारी रावलले पनि अग्रता लिएकी छिन् ।उनले १२ सय ९६ मत पाउँदा एकी

दमकमा एमालेको अग्रता कायम

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर  दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले ९५९ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले ८९५ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ८८६ र एमालेका अम्बिका खनालले ८४४ मत प्राप्त गरेकी छन् । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए ।

विश्वप्रकाशको गृहनगरमा एमालेको अग्रता

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरपालिकामा एमालेले अग्रता लिएको छ । मेचीनगरको वडा नम्बर १ को २२८ मत गणना गर्दा नेकपा एमालेका उमेदवार गोपाल बुढाथोकीले ९७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेसका इन्द्र बुढाथोकीले ८८ मतका साथ पछ्याइरहेका छन् । उपप्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेबाट उपमेयरकी उमेदवार मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छन्  भने नेकपा माओवादीका प्रकाश भण्डारीले ४८ मत प्राप्त गरेका छन् । मेचीनगरमा काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको

दमकको मेयरमा एमालेको अग्रता कायमै, उपमेयरमा काँग्रेस अगाडि

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर   दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् ।  ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ४८२ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ४७६ र एमालेका अम्बिका खनालले ४६३ मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।  वडाध्यक्षमा एमाले ५०१ र राप्रपा ४७२ मत ल्याएका छन् ।एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्

अमरगढीको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र काँग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्।यस्तै, उपप्रमुखमा काँग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाएका छन् ।

ललितपुरको कोन्ज्योसोममा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। कुल ४ सय मत गणना हुँदा एमाले अध्यक्षका उम्मेदवारले मात्रै अग्रता लिएका हुन्। एमाले अध्यक्षका उम्मेदवार कृष्णमान लामाले १९१ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका गोपिलाल सिंन्तानले १६२ मत मात्रै ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका राजनप्रसाद घिमिरेले १५८ मत ल्याउँदा एमालेका उपाध्यक्षका उम्मेदवार रनिता तामाङ १३०मत मात्रै ल्याएकी हुन्। यसअघि न

DC Nepal Main Page

बुटवल उपमहानगर : एमालेको अग्रता कायमै, माओवादी-काँग्रेस गठबन्धनलाई सकस