बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको प्रदेशको गौरवको योजनाहरुको कार्यान्वयन भने हुन सकेको छैन ।पौडेल नेतृत्वको प्रदेश सरकारले अध्ययन र अनुसन्धान गरी पहिचान गरेर केही ठुला योजनाहरुलाई प्रदेशको गौरवको योजनाको रुपमा प्रस्तुत गरेको भएपनि ती योजना विगत साढे ३ वर्षमा कार्यान्वयनमा आउन नसकेको हो ।प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाहरू पहिचान एवं छनौटका मापदण्ड निर्माण नगरी योजनाहरु प्रस्तुत गर्दा समस्या आएको महालेखा परीक्षकको प्रतिवेदन २०७८ मा भनिएको छ ।द