ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्यजसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको अहिलेको अवस्थामा कर्मचारीको स्वास्थ्यप्रति उनी निकै चनाखो देखिन्छन् ।कोभिड–१९ को दोस्रो लहर आएसँगै महामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा निषेधाज्ञा लागु भएको पनि डेढ महिना नाघिसकेको छ । बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा क्षेत्रमा पर्ने भए पनि राष्ट्र बै