कुहिने फोहोर बञ्चरेडाँडा नलैजाने उपाय खोज्दै महानगर

१७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका, जैविक फोहोरलाई उपत्यकामै व्यवस्थापन गर्ने गृहकार्यमा जुटेको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर छुट्याएर मात्रै खसाल्ने सहमति गरेको महानगरले आगामी साउनदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै संकलन गर्ने सूचना जारी गरिसकेको छ । यसरी वर्गीकरण गरिएका फोहोरमध्ये कुहिने फोहोर बञ्चरेडाँडामा नलगी शहरभित्रै कम्पोस्टिङमार्फत व्यवस्थापन गर्न मेयर बालेन साहको टिमले […]

सम्बन्धित सामग्री

२५ प्रतिशत उठ्यो कुहिने फोहोर, बञ्चरेडाँडा नै लगिने

२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबाबाट फोहोरको स्रोतमै वर्गीकरण मात्रै उठाउने थालेपनि अपेक्षित फोहोर भने उठ्न सकेन ।  महानगरपालिकाको संकलन गरेको कुहिने फोहोरबाट मल बनाउने योजना भएपनि व्यवस्थापन गर्ने स्थान नभएपछि बञ्चरेडाँडास्थित ल्यान्डफिलसाइट मै लगिरहेको छ । यसअघि महानगरले कुहिने फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने बताएको थियो । मेयर बालेन्द्र साह(बालेन)का सचिवालय सदस्य इन्जिनियर सुनिल […]

फोहोर नउठ्दा काठमाडौंमा झनै दुर्गन्ध

काठमाडौं । फोहोर नउठ्दा लामो समयदेखि काठमाडौंका सडक झनै दुर्गन्धित बनेका छन् । काठमाडौंका सडक, चोक र नदी किनारमा फोहोर थुप्रिँदा काठमाडौं उपत्यकामा झनै दुर्गन्ध फैलिएको हो । विगत चार महीनादेखि फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा विभिन्न सडकका छेउमा फोहोरको थुप्रो नै लागेको देखिन्छ । फोहोरका कारण मुलुकको संघीय राजधानी झनै दुर्गन्धित बनेको छ । मानिस दैनिक फोहोरको थुप्रो पार गरेर आवतजावत गर्न बाध्य छन् । जम्मा भएको फोहोरमध्ये धेरैजसो काठमाडौं उपत्यकाका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक स्थानमा थुपारिएको छ । यसरी थुपारिएको फोहोर सिधै नदीमा मिसिने गरेको वातावरण क्षेत्रमा अनुसन्धान गरिरहेका गोदावरीका अशोक महर्जन बताउँछन् । पछिल्लो समय राजधानीको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राख्दै स्थानीयले अवरोध गरेका छन् । सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहोर थुप्रिएको छ । मास्क लगाएका मानिस पनि फोहोरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ । सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थानमा फोहोर गर्नेलाई कानूनी कारबाहीको दायरमा नल्याएसम्म फोहोरको समस्या समाधान हुने देखिँदैन । पछिल्लो समय सफाई अभियानकर्मीले फोहोर फाल्नेलाई कानुनी कारबाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन् । बाग्मती सफाइ महाअभियानको ४७३ औं हप्तामा पनि नदी किनारमै फोहोर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहोरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी छन् । फोहोर नउठे पनि बाग्मती सफाइ महाअभियानले शनिवार ४७३औं हप्ताको सफाइ कार्यक्रम जारी राखेको थियो । सफाइबाट चार मेट्रिक टन फोहोर उठाइएको थियो । उठाइएको फोहोर लिन काठमाडौँ महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहोर कार्यालय नजिकको खाली ठाउँमा राखिएको छ । कुहिने फोहोर भने नदी किनारमै छोड्ने गरिएकाले नदीमै मिसिन थालेको छ । फोहोर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीहरू बताउँछन् । नदी किनारबाट फोहोर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहेका  सफाइ अभियानकर्मी डा माला खरेलको भनाइ छ । रासस