एमालेको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो कित्ता क्लियर गर्नेतर्फ अघि बढेका छन्। शनिवार एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आफू निकट रहेका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यसको सङ्केत गरेका हुन्। दुवै नेताहरू एकले अर्का विरुद्ध छेडखानी गर्ने भए पनि शनिवार भने ओली निकै गरम रूपमा प्रस्तुत भए। ओलीले एमालेमा नेपाललाई कुनै पनि स्थान नभएको र माधव नेपाल देशद्रोही भएको समेत आरोप लगाए।