काठमाडौं : २०४६ सालको क्रान्तिपछि देशमा बहुदलीय व्यवस्था पुनःस्थापित भयो, राजनीतिक रूपमा पनि फड्को मार्यो। बहुदलीय व्यवस्था पुनःस्थापनासँगै २०१७ सालमा राजा महेन्द्रले लगाएको राजनीतिक दलहरूमाथिको प्रतिबन्ध पनि फुकुवा भयो।२०४६ सालभन्दा अगाडि नेपालमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी मात्रै थिए। उक्त आन्दोलनपछि थुप्रै नयाँ दलको उदय भयो। कांग्रेस, एमाले बाहेक मधेशवादी दल, माओवादी केन्द्र हुँदै नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी उदाए तर मुलुकमा राजनीतिक स्थिरताको खडेरी ज्यू