काठमाडौँ – नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन्। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए। ‘म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन। राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ’, निर्देशक […]