मानसिक स्वास्थ्यमा ध्यान दिन बेन स्टोक्सले लिए आराम

इङल्यान्डका अलराउन्डर बेन स्टोक्सले भारतविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन् । उनले सबै खाले क्रिकेटबाट अनिश्चिकालका लागि विश्राम लिने घोषणा गरेका गरेका छन् । आफ्नो औंलाको चोटबाट निको हुन र मानसिक स्वास्थमा ध्यान दिनका लागि उनले यस्तो निर्णय लिएको जनाएका छन् । उनले गत गृष्ममा पाकिस्तानविरुद्ध इङल्यान्डका दुईवटा टेस्ट म्याच गुमाए । यस समय उनी न्युजिल्यान्डमा परिवारसँगै थिए । ब्रेन क्यान्सरबाट थलिएका उनका बाबुको गत डिसेम्बरमा मृत्यु भयो । त्यसपछि पछिल्लो गृष्ममा उनले औंलाको चोट पनि सा