१४९ वटा जातहरूलाई मधेसीको रूपमा परिभाषित गर्न मधेसी आयोगद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडाैँ- मधेसी आयोगले १४९ वटा जात र मुस्लिम-थारुलाई मधेसीको रूपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। राष्ट्रपति कार्यालयमा पेस गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरूलाई मधेसीको रूपमा पारिभाषित गर्न सिफारिस गरिएको हाे। आयोगले आफ्नो प्रतिवेदनमार्फत् चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको […]