दैलेख : जिल्लाको नारायण नगरपालिकाले ९० जना असल आमालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। नगरपालिकाले स्वास्थ्यका पाँच वटा मापडण्ड पूरा गरेका असल आमा प्रोत्साहन कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरेको हो। स्वास्थ्यका पाँच वटा मापदण्डमध्ये २० वर्ष पूरा भई बिहे गरी बच्चा जन्माएका, दुई मात्र सन्तान भएका, स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक गर्भ जाच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका असल आमाहरूलाई नगद २ हजार रुपैयाँसहित प्रमाण पत्र दिएर सम्मान गरेको नगरप