हेटौंडा उपमहानगरपालिका–२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली काँग्रेसले घिमिरे अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गरेका थिए । घिमिरेले आज उम्मेदवारी फिर्ता लिएका हुन् । घिमिरेलाई नेपाली काँग्रेस मकवानपुरका