चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला (सूचनासहित)

काठमाडौँ । आउँदो असोज ६ देखि ८ गतेसम्म हुने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन आवेदन खुला गरिएको छ । नेपाल मेडिकल काउन्सिलले एक सूचना प्रकाशित गर्दै ६७औँ दर्ता परीक्षाका लागि आजदेखि भदौ २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । दोब्बर दस्तुरमा भने भदौ २३ र २४ गते पनि आवेदन दिन सकिनेछ । सूचना !