फ्रान्सले दिएको सहायता सामग्री विशेष जहाजमार्फत काठमाण्डौ आइपुग्यो

काठमाण्डाै – फ्रान्सले नेपाललाई कोरोना महामारी विरुद्धका सामग्री सहयोग गरेको छ । फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज काठमाण्डौ आएको हो । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गर्नुभयो । फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा  लगायतका सामग्री नेपाल पठाएको हो । स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिनुभएको छ । स्वास्थ्यमन्त्री त्रिप...