काठमाडौं– सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका प्रबन्ध सञ्चालक सकुन्तलाल हिराचन तथा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।