संसारमा सबभन्दा धेरै कार्बन प्रदूषण गर्ने चीन र अमेरिकाले जलवायु परिवर्तनविरुद्ध लड्नका लागि अन्य मुलुकसँग सहकार्य गर्ने सहमति गरेका छन् ।
चीनका जलवायु दूत स्ये चनह्वा र उनका अमेरिकी समकक्षी जोन केरीबीच शांघाईमा दुई दिन चलेको वार्तापछि आइतवार दुई मुलुकलेसंयुक्त विज्ञप्ति निकालेका छन् ।
दुई मुलुकले पेरिस सम्झौता बमोजिम तापक्रम सीमामा राख्नेगरी उत्सर्जन घटाउनका लागि सन् २०२० को दशकमा ठोस कार्यका विषयमा छलफल जारी राख्नेछन् ।
सन् २०१५ मा गरिएको पेरिस सम्झौतामा सबै मुलुकहरूले विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्...