सिन्धुपाल्चोक – ६५ वर्षीया बेलकुमारी ज्योतीको आँखा मेलम्ची खोलामा आएको बाढीजस्तै भएको छ, ओभाउने नामोनिसान छैन । उहाँ बेलाबेलामा भक्कानिँदै छोरालाई सम्झनु हुन्छ । ४५ वर्षीय छोरा गणेश फर्कन्छन् भन्ने आशा अझै मरेको छैन, छोरा बाढीमा परेर बेपत्ता भएको उहाँलाई विश्वास नै लाग्दैन । कहीँ कतैबाट छोरा फर्किन्छन् कि भन्ने आशाको त्यान्द्रो अझै उहाँमा जीवितै छ । एक किलोमिटरमाथि रहेको घरको आँगनमा बस्दै गर्दा बेलकुमारीले पनि बाढी आएको देख्नुभयो । क्षणभरमै बगर आसपास रहेका संरचना बगर बनेको थाहा पाउनुभयो । सकीनसकी भए पनि...