गण्डकी, मंसिर ९ । “भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।” कास्की प्रतिनिधिसभा निर्वाचन […]
जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अब गठन हुने संसद् र सत्ता राजनीतिमा निर्णायक हुने देखिएका छन्।...
कर्णाली प्रदेशमा सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रले नै संसद् अवरुद्ध गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका हुन् ।सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले बिरोध गरेका छन् । पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले बैठक सुरु […]
काठमाडौं : पाँचदलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आन्तरिक टकरावले पुनःस्थापित संसद् गतिहीन बन्न पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक विघटन गर्दा सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसद् प्रभावहीन बन्न पुगेको हो। एमाले अध्यक्ष ओलीलाई सत्ता बहिर्गमनका लागि बनेको ५ दलीय गठबन्धन र एमालेको टकरावकै कारण संसद्ले गति लिन सकेन। दुई तिहाइ नजिकको सरकारको नेतृत्वबाट सत्ताच्युत ओलीलाई आफूले गरेको संसद् विघटनलाई सही सावित गर्ने लक्ष्य राखेर प्रतिनिधि
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले एमालेले संसद् अवरुद्ध गरेर सत्ता बहिर्गमनको पीडा पोखेको बताएका छन् । उनले बिहीबार रातोपाटीसँग कुराकानी गर्दै एमालेले सत्ता गुमेको पीडा पोख्नका लागि अनेक मुद्दाहरु उठाएर संसद् अवरुद्ध पारिरहेको बताए ।विगतमा सत्तामा रहेका बखत हालीमुहाली गरीरहेको एमाले एकाएक सत्ता बाहिर बस्नु पर्दाको पीडाले संसद् अवरुद्ध गर्दै आएको मन्त्री खनालले बताए । ‘एमालेले संसद् अवरुद्ध गरेर सत्ता बर्हिगमनको पिडा
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले संसद् सुचारु गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहयोग गर्ने विश्वास लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संसद् खुलाउन सरकारले पहल गरिरहेको छ। संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्नुभएको थियो तर प्रमुख प्रतिपक्षी दलको नेता आउनुभएन।’ संसद् खुलाउनका लागि गठबन्धनले
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् । प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । आजै संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको थियो ।
काठमाडौं, साउन २ । संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि संसद् सचिवालयले आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ। संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउनेर सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य […]