नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त

२० माघ, काठमडौं । श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमकाे बलिङ कन्सलटेन्टमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उनलाई ल्याउन लागेको हो । यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप […]

सम्बन्धित सामग्री

नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदैछन् । क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखलाका लागि धम्मिका श्रीलंकाबाटै स्कटल्याण्ड जान लागेका हुन् । उनले आफू नेपाली टिममा सामेल हुन स्कटल्याण्ड आउँदैछु भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यसअघि अमेरिकाले भिसा नदिँदा उनी अमेरिकामा भएको लिग […]

ईपीएल कात्तिकमा हुने

काठमाडौं   । पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी कात्तिक महिनाको अन्त्यतिर हुने भएको छ । ईपीएल कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना हुनेछ । चौथो संस्करणको उपाधि चितवन टाइगर्सले फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै जितेको थियो । चौथो संस्करणको ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, श्रीलंकाका धम्मिका प्रसाद, उपुल थारंगा, दक्षिण अफ्रिकाका […]

धम्मिका विश्वकप छनोटमा बलिङ कन्सल्टेन्ट रहने

काठमडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय टोली तथा इपिएलमा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका तीव्र गतिका बलर धम्मिका प्रसाद दुई सातापछि ओमानमा हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालको बलिङ कन्सल्टेन्टको रुपमा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने चारदेशबीचको सिरिज र टि२० विश्वकप ग्लोबल छनोटको लागि बलिङ कन्सल्टेन्टको रुपमा […]

ईपीएल क्रिकेट : भैरहवा क्वालिफायरमा, काठमाण्डौ बाहिरियो

काठमाण्डाै – इलिमिनेटरमा काठमाण्डौ किंग्स इलाभेनलाई १६ रनले हराउँदै भैरहवा ग्लाडियटर्स प्ले क्वालिफायरमा पुगेको छ । आज भैरहवाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको काठमाण्डौले ८ विकेट गुमाएर एक सय ७२ रन मात्रै बनायो । काठमाण्डौका लागि श्रीलंकाका खेलाडी असन प्रियञ्जनले ६८ रन बनाए । बलिङतर्फ भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २/२ विकेट लिए । आज विजयी भएको भैरहवाले फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग खेल्नेछ । हारसँगै काठमाण्डौ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

काठमाण्डाै – बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको जनाएको छ । भैरहवाले यसअघि श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ । तमिम इकवाल भैरहवाका लागि तेस्रो विदेशी खेलाडी बनेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक ...