स्वास्थ्य सूचना केन्द्रको विज्ञापनमा अत्याधिक सेवाशुल्क लिएको भन्दै विज्ञापन एजेन्सीलाई कारबाही

उक्त एजेन्सीले ५२ वटा एफएम रेडियोमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रति स्पट १०६ रुपैयाँ ६१ पैसामा प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग सम्झौता गरेको पाइएको छ। तर प्रति स्पट ११ रुपैयाँ ११ पैसामा विज्ञापन प्रसारण गरी ९८ रुपैयाँ ५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिएको पाइएको बोर्डले जनाएको छ ।

सम्बन्धित सामग्री

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी

काठमाडौं : विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बोर्डको सूचना उल्लंघन गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताएका छन्।अध्यक्ष हुमागाईँले सूचना प्रकाशित गरिसकेपछि सञ्चारमाध्यममा मदिराजन्य पदार्थको विज्ञापन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई कानुनबमोजिम कारबाही गरिने बताएका हुन्।उनले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई पत्राचार गर्ने तयारीमा रहेको बताए। उनले ऐनले मदिरा तथा सुर