काठमाडौं। चीनले दिने थप स्वास्थ्य सामाग्री लिन सरकारले आगामी असार ९ गते जहाज पठाउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनले दिने थप ६५० थान अक्सिजन कन्सन्ट्रेटर, २० हजार थान अक्सिजन नेसल क्यानुला र २० हजार थान अक्सिजन फेस मास्क लिन जहाज बेइजिङ पठाउन लागिएको हो। चीनले ती सामाग्री कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउन लागेको हो।