हात धुन पानी उपलब्ध हुनुपर्‍यो: विज्ञ

कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ । हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ । पर्याप्त स्वच्छ पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा स्मार्ट सोलुसन प्रालिले आयोजना गरेको भिडियो सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिनुभएको हो । कोरोनासँगै गर्मीयाममा फैलने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।