तनहुँमा वैशाख ७ र ८ गते कोभिड विरुद्धको दोस्रो मात्राको खोप अभियान सञ्चालन हुने भएको छ ।
कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई स्वास्थ्य कार्यालय तनहुँले दोस्रो मात्राको खोप लगाउने तयारी गरेको हो ।
पहिलो मात्राको खोप अभियान गत माघ १४ देखि २४ गते र फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको थियो । त्यसक्रममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, वृद्धवृद्धा, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी सेवाका कर्मचारी, सुरक्षाकर्मी, न्याय सेवाका कर्मचारी, बैंक तथा वित्ती...