एजेन्सी। बायर्न म्युनिखले लिगको अन्तिम खेलमा औसबर्गमाथि ५–२ ले हराउँदै जर्मन बुन्डेसलिगामा सुखद अन्य गरेको छ। लगातार नौ पटक उपाधि पक्का गरिसकेको बायर्नका मुख्य प्रशिक्षक हान्सी फ्लिक, डेबिड अलाबा, जोरोमी बोटाङ र जाभी हर्नान्डेजको बिदाई पनि सुखद बन्यो। फ्लिकले १८ महिनाको अवधिमा बायर्नलाई सात वटा उपाधि जिताए। फ्लिकले अब जर्मनी राष्ट्रिय टिमको जिम्मेबारी सम्हाल्नेछन्।