उपभोक्ताकर्मी संस्था कन्जुमर आई नेपालले सार्वजनिक यातायातमा बढाइएको भाडादर अबिलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । जाँदाजाँदै केपी शर्माओली नेतृत्वको सरकारले उपभोक्ता सर्वसाधारण जनताको ढाड सेक्ने गरी सवारी साधनको भाडा बृद्धि गरेको भन्दै संस्थाले देउवा सरकारसँग भाडा वृद्धि फिर्ता लिन आग्रह गरेको हो । पेट्रोलियम पदार्थ, गाडीको स्पेयर पार्टस् टायर, ट्युव, लुब्रिकेन्ट लगायतका अटो सामाग्रीहरुमा कर तथा राजश्व छुट लिएर राज्यले मूल्य समायोजन गर्नुपर्नेमा उपभोक्ताको ढाड सेक्ने गरी अधिकतम २८