युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशि सुनिश्चित गरिएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागू गर्न लागेको मन्त्री अथकले जानकारी दिए ।राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन गरेको दुई दिने प्रशिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै […]