यसपालिको तिज घरमै मनाउन एभरेष्ट बैंकको आग्रह

काठमाडौं (अस) । एभरेष्ट बैंकले यसपालिको तिज घरमै मनाउन आग्रहसहितको भावनात्मक एवं जनचेतनामूलक विज्ञापन सार्वजनिक गरेको छ । चाडवाडमा भेटघाट, खानपिन गरेर रमाइलो गर्ने चलन रहे पनि हालको परिस्थितिमा त्यो सम्भव नभएकाले बैंकले सार्वजनिक गरेको विज्ञापनमार्फत सबै नारीलाई यसपालिको तीज घरमै बसी सुरक्षित रूपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको हो । सो विज्ञापन बैंकको अधिकारिक फेसबुक पेज वा युट्युब च्यानलमा गई हेर्न सकिनेछ । हाल बैंकले १०५ शाखा, प्रादेशिक कार्यालय, १३७ एटीएम, ३१ राजस्व संकलन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।