एमाले पोलिटब्युरो बैठक आज बस्दै, केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने

नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।  एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ ।  निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ । सहकार्यमा आउन चाहेका साना दलहरूसँग मिल्दै निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्ने रणनीति एमालेले लिएको छ ।