श्रीलंका पुर्याएर मानव बेचबिखन गर्ने फरार अभियुक्त बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने ३६ वर्षीय खेमबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुवेदीले १ महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानुपर्छ भन्दै ललाईफकाई विभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगञ्ज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंक...