ललितपुर ३ का लागि एमालेद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भमा एमालेले ललितपुर ३ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमाले पोलिटब्यूरो सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवम् केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]