अङ्ग्रेजलाई परास्त गरेको सम्झनामा पाल्पामा 'भगवती जात्रा' (फोटो फिचर)

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ।विसं. १८७१।७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजय प्राप्त गरेपछि खुसिय