चाकु बनाउने चटारो (फोटो फिचर)

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा चाकु बनाउने चटारो सुरु भएको छ । काठमाडौं टोखाको काशीलाल चाकु प्रोडक्सनले लामो समयदेखि चाकु उत्पादन गर्दै आएको छ । चाकु, घिउँ र लड्डुको पर्व माघे सङ्क्रान्तिमा बजार पुर्‍याउने गरी चाकु बनाउने काम अहिले धमाधम भइराखेको छ।