संघीय सरकारले आर्थिक वर्ष २०७७-०७८ का लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि दुई अर्ब भन्दा बढि रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत बिहीबार संसदमा पेश गरेको बजेट अनुसार लमजुङलाई दुई अर्ब ७७ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको हो ।
लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ६५ करोड ११ लाख बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६-०७७ को लागि लमजुङका आठ स्थानीय तहलाई दुई अर्ब १२ करोड २५ लाख रुपैयाँ विनियोजन भएको थियो ।