भूमि समस्या समाधान गर्नमा सरकार उदासिन

 भूमि सम्बन्ध विभिन्न नियम, कानुन र नीति बनेपनि भूमिहीन तथा साना किसानको समस्या भने समाधान हुन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । भूमि सम्बन्धी समस्या समाधान गर्ने संविधानमै व्यवस्था हुनुका साथै विभिन्न नीति तथा ऐनहरू बनेपछि समस्या भने जस्ताको त्यस्तै रहेको गुनासो उनीहरुले गरेका हुन् ।४१ औं खाद्य दिवसको अवसरमा खाद्यका लागि कृषि अभियानलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘भूमिहीन र साना किसानको खाद्य अधिकार’ विषयक भर्चुअल छलफल कार्यक्रममा भाग लिएका अधिकांश सर