काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले पार्टीको ह्विप उलंघन गरी बैठकमा उपस्थित नहुनुलाई गम्भिर रुपमा लिएको बताएका छन्। उनीहरुलाई राजनीतिक दल सम्वन्धि ऐन र नेकपा एमालेको संसदीय विद्यान अनुरुप कारबाही अघि बढ्ने स्पष्ट पारे। उनले भने- यो गम्भिर अनुशासन उल्लंघन हो। कस्तो र के कारबाही गर्ने सम्वन्धमा संसदीय बोर्ड र पार्टी कमिटीले निणर्य गर्नेछ।