दलभित्रै राष्ट्रपतिका आकांक्षीको लर्को, छनोट दलीय कि गैरदलीय ?

 निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरु सत्ता समीकरण र पद बाँडफाँडको जोडघटाउमा लागेका छन् । यो सँगै नयाँ प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलगायत कसले पाउने भन्ने चासो र चर्चा सुरु भएको छ । त्यसमा पनि सेरोमोनियल राष्ट्रपतिका लागि राजनीतिक दलका नेतासहित गैर राजनीतिक व्यक्तिहरु समेत राष्ट्रपतिका आकांक्षीका रुपमा चर्चामा आएका छन् ।राजनीतिक दलका नेताहरुबीच पद बाँडफाँडबारे औपचारिक छलफल नभएपनि भित्रभित्रै आकांक्षा राख्ने र कसरत गर्नेको लर्को लागेको छ ।को-को छन् राष्ट्रपति हुने चर्