चर्को विद्युत् शुल्कको विरोधमा सडकमा माछा फालेर प्रदर्शन

चर्को विद्युत् शुल्कको विरोधमा सर्लाहीका माछापालक किसानले राजमार्गमा माछा फालेर प्रदर्शन गरेका छन् । विद्युत् प्राधिकरणले ढाड सेक्ने गरी विद्युत् महसुल लिएको उनीहरूको आरोप छ । माछापालन गर्ने किसानलाई उद्योगीसरह शुल्क लिएर...

सम्बन्धित सामग्री

विधुत महशुल घटाउन माग गर्दै सडकमा माछा फालेर प्रदर्शन

सर्लाही – सर्लाहीका माछापालक किसानले शुक्रबार बिहान फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्गमा माछा फालेर प्रदर्शन गरेका छन्। एक्कासी बढाइएको विद्युत् महशुल फिर्ता गरी पहिलेकै महशुल कायम गर्न माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले प्रदर्शन गरेका हुन्। उनीहरुले सडकमै माछा फालेर केहीबेर नाराबाजीसहित चक्काजाम समेत गरे। माछापालक किसान ईश्वरपुर नगरपालिका […]

सर्लाहीका किसानद्वारा सडकमा माछा फालेर विरोध

चर्को विद्युत् महसुल असुलेको भन्दै सर्लाहीका माछा किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले शुक्रबार पूर्वपश्चिम राजमार्गस्थित फुलजोर चोकमा सडकमै माछा फालेर विरोध गरेका हुन् । गाउँगाउँबाट जम्मा भएका किसानले करिब पाँच क्विन्टल माछा सडकमा फालेका थिए । माछाखेती गर्ने किसानलाई विद्युत् प्राधिकरणले औद्योगिक मिटरअनुसार शुल्क असुलेर ढाड सेकेको किसानको आरोप छ । विद्युत् प्राधिकरणले …

प्रधानमन्त्री केपी ओली मूर्ख सिकारी झैँ : चित्रबहादुर केसी (फोटो)

शंकरप्रसाद पोख्रेल/तम्घास (गुल्मी) ।। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीलाई मूर्ख सिकारी झैँ भएको बताउनुभएको छ । मूर्ख सिकारीहरूले दिनभरिको मिहिनेतका साथ मारेको माछा खोलामा फालेर मृगको पछि दगुर्दा माछा र मृग दुवै गुमाएको किंवदन्ती सुनाउँदै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले पनि मूर्ख सिकारीले नै गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै प्रधानमन्त्री रहेको जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसपछि उहाँको माग के भन्दा आफ्नो नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार ।’ उहाँले योभन्दा मुर्ख कुरा केही नभएको दावी गर्दै भन्नुभयो– ‘ढुक्कसँग दुईतिहाइको हाराहारीमा बहुमत भएको संसदलाई विघटन गर्नुभन्दा मूर्खता अरू केही हुन सक्दैन ।’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीलाई घिउ पचेन ।’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै राजमो अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताउँदै अदालतले यसभन्दा अघि जे गरे पनि यस पटक जनताको पक्षमा फैसला गरेको बताउनुभयो । ‘अदालतले पाप पखाल्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसभन्दा अघि जे गरे पनि अदालत, न्यायाधीस, वकिलहरू प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा उभिए । त्यसका लागि उहाँहरूलाई धन्यवाद दिनुपर्दछ ।’ उहाँले संसद पुनस्र्थापना हुनु राम्रो भए पनि अब बन्ने सरकारको क्रममा सांसदको खरिदबिक्रीदेखि राष्ट्रघाती सन्धिसम्झौता हुन सक्नेतर्फ सचेत गराउँदै जनताले तिनीहरूको गतिविधिलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा सङ्घीयता घाँडो भएकोले त्यसलाई खारेज गर्न आग्रह गर्नुभयो । अहिले नै धान्न धौ धौ भएको सङ्घीयता खारेज गर्न जनता एक पटक फेरि सडकमा उत्रिनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सम्बोधनको क्रममा उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राष्ट्रघाती भएकाले त्यसको खारेज हुनुपर्ने माग गर्नुभयो । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका समितिको आयोजनामा २०७७ फागुन १४ गते पालिकाकेन्द्र पुर्तिघाटमा आयोजना गरेको बृहत् जनसभालालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गी र नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले पनि मन्तव्य राख्नुभएको थियो । जनसभामा रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज पुन, राष्ट्रिय ...