नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ कम्पनीको प्रस्ताव

काठमाडौं, पुस १२ । नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ८ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । ७ पुषसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा […]

सम्बन्धित सामग्री

चालू आवमै सम्झौताको तयारी

चालू आर्थिक वर्षभित्र नै अरनिको राजमार्गअन्तर्गत ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’ निर्माणका लागि लगानी सम्झौता हुने भएको छ । जापान सहयोग नियोग (जाईका)को अध्ययनमा तीनकुनेदेखि जडिबुटीसम्म निर्माण हुने ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’को लागि १ अन्डरपास र २ फ्लाइओभर निर्माण गर्न प्रस्ताव आह्वान भएको थियो । सोही डिजाइनलाई सडक विभागले उपयुक्त ठहर्‍याएसँगै आयोजनाको लगानी सम्झौताका लागि तयारी अगाडि बढेको […]

ग्वार्को फ्लाईओभर निर्माण गर्न ठेक्का सम्झौता हुँदै

काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जोइन्ट भेन्चर कम्पनीसँग ठेक्का गर्न सम्झौता गरिने केन्द्रका निर्देशक प्रभातकुमार झाले जानकारी दिए । अबको २ साताभित्र ठेक्का पाएको उक्त कम्पनीसँग ईपीसी पद्धतिमा ग्वार्को फ्लाईओभर निर्माण १७ करोड लगानीमा हुनेछ । ‘ग्वार्कोमा बन्ने फ्लाईओभर सम्झौताको चरणमा छ,’ झाले भने, ‘सातदोबाटो र एकान्तकुनामा बन्ने फ्लाइओभरका लागि आर्थिक सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं ।’ १ महीनाअघि यी दुई स्थानका फ्लाईओभरको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले जानकारी दिए । चक्रपथकै एकान्तकुना र सातदोबाटोमा बन्ने फ्लाईओभरको विभागले अध्ययन तथा डिजाइन गरिसकेको छ । यद्यपि ती फ्लाईओभर पनि ईपीसी पद्धतिमा निर्माण हुने उनको भनाइ छ । अर्र्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेमा यो चालू आर्थिक वर्षमै ती २ फ्लाईओभर निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको छ । यसैगरी गौशाला र कोटेश्वरमा बन्ने फ्लाइओभरको पनि अध्ययन भएको छ भने बानेश्वरमा बन्ने भनिएको फ्लाइओभरको अध्ययन भइरहेको झाले बताए । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएका बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको हो । खासगरी फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारणखालको ३५ मीटरको पुल बनाउने गरी विभागले डिजाइन तयार गरेको थियो । यद्यपि ईपीसी पद्धतिमा बन्ने भएपछि अब अन्तिम डिजाइन भने निर्माण कम्पनीले नै तयार गर्नेछ । चक्रपथको पहिलो खण्डको कलंकी–कोटेश्वर सडक चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्काे चोकमा ४ लेनमा फ्लाईओभर बन्नेछ । ४५५ मीटर लामो फ्लाईओभरमध्ये उक्त सडकमाथि ३५ मीटरको पुल बन्नेछ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट उक्त फ्लाईओभर बनाउन रू. ३४ करोडको स्रोत सुनिश्चितता पाइसकेको छ ।

ग्वार्कोमा फ्लाइओभर बन्ने

ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ । सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो ।उहाँका अनुसार फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने नौ कम्पनीमध्ये १७ करोड रुपियाँमा एम÷एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो । प्रस

नेपालको पहिलो फ्लाइओभर बनाउन सात कम्पनीको प्रस्ताव

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो ।७ पुसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका […]

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ कम्पनीको प्रस्ताव

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ८ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । ७ पुषसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । सवारी चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्न ग्वार्को चोकमा फ्लाइओ

नागढुंगा–नौबीसे सुरुङमार्ग : फ्लाइओभर बन्ने जग्गाको मुआब्जा दिन बजेट अपुग

काठमाडौं । नागढुंगा–नौबीसे सुरूङमार्ग आयोजनाको काठमाडौंतर्फ बन्ने १२८ मीटर लामो फ्लाइओभर निर्माण स्थानको मुआब्जा दिन बजेट अपुग देखिएको छ । बहुवर्षीय ठेक्का आयोजनामा मुआब्जाका लागि शीर्षगत एकमुष्ट बजेट विनियोजन नगर्दा अहिले यो मुआब्जाको रकम जोहो गर्न अन्य योजनाहरूको बजेट रकमान्तरण गर्न लागिएको छ । फ्लाइओभर बन्ने काठमाडौंपट्टिको बलम्बु क्षेत्रमा मुआब्जाका लागि रू. १ अर्ब १४ करोड बजेट आवश्यक भए पनि आयोजनाले हालसम्म रू. ३० करोड मात्रै बजेट पाएको छ भने अर्काे हप्ताभित्र आयोजनालाई थप रू. ४५ करोड बजेट आवश्यक पर्छ । उक्त रकमका लागि सडक विभागबाट अन्य योजनाको बजेट तान्न लागिएको छ । उक्त स्थानको जग्गा मुआब्जाका लागि आयोजनाले रू. ४ करोड भुक्तानी गरिसकेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । सडक विभागको योजनाबाट रकमान्तरण गरेर मुआब्जा उपलब्ध गराउन प्रस्ताव गर्ने तयारी भएको उनले बताए । ‘सुनिश्चितताभन्दा पनि सडक विभागको बजेटलाई रकमान्तरण गरेर थप बजेटको व्यवस्थापन गर्दै छौं,’ शाक्यले भने, ‘हाम्रो आयोजनाको निर्माणका लागि (मुआब्जाबाहेक) का लागि आएको बजेट पनि बचत हुने देखिएकाले त्यसलाई तानेर पनि ल्याउने तयारीमा छौं ।’ गतवर्ष पुसमा आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कार्यको ब्रेक थु्र भएकोमा यो पुस अर्थात् १ वर्षको अवधिमा २ दशमलव ५ किलोमीटर सुरुङ खनिएको छ । जम्मा ५ दशमल ४९ किलोमीटर लामो सुरुङ आयोजनामध्ये मुख्य सुरुङको लम्बाइ भने २ दशमलव ८६ किलोमीटर छ । आयोजनामा यो चालू आर्थिक वर्षको अर्धवार्षिक नसकिदैं रू. २ अर्ब ५० करोड बजेट खर्च भएको छ, यसमध्ये रू. १ अर्ब भुक्तानी भइसकेको र थप रू. १ अर्ब ५० करोडको बिल आइसकेको शाक्यले बताए । आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षमा रू. ९ अर्ब ६७ करोड बजेट विनियोजन गरेको छ । त्यसमध्ये यो वर्ष रू. ४ अर्ब बजेट खर्च गर्ने लक्ष्य आयोजनाको छ । यो बजेटबाहेक रू. १ अर्ब मुआब्जाका लागि हुनेछ । सरकारले विनियोजन गरेको बजेट आयोजनाको निर्माणका लागि मात्रै हुँदा मुआब्जाका लागि भने अतिरिक्त स्रोत खोज्नु परेको उल्लेख गरिएको छ । गत पुसमा ब्रेक थ्रु गरिएको सुरुङ खन्ने काम १४ महीनामा सम्पन्न गर्ने लक्ष्य छ । काम शुरू भएको १२ महीना पुगेको छ । ४२ महीनामा आयोजनाका सबै काम सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्माआन्दो कर्पाेरेशनसँग सडक विभागले सम्झौता गरेको थियो । २०७६ कात्तिक ४ गते आयोजना शिलान्यास गरिएको थियो ।