गणेशमान किक बक्सिङ : क्वार्टरफाइनलका खेल सम्पन्न

ललितपुर : आकर्षक नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा क्वार्टरफाइनलका खेल सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिका– ११ चापागाउँको प्याङगाउँ चौरमा जारी प्रतियोगितामा शनिबार सेमिफाइनल र फाइनलका खेल हुनेछन्। शुक्रबार सम्पन्न खेलमा ५५ केजी तौल समूहमा नेपाली सेनाको वर्चस्व रह्यो। सेनाकी सपना आलेले पाटन किक बक्सिङकी सपना तामाङलाई हराउँदै सेम