सीएनएन। महामारीका बीच शुक्रबार ‘टोकियो ओलम्पिक २०२०’को उद्घाटन समारोह सम्पन्न भयो। महामारीको सामना गर्ने ‘टोकियो २०२०’ पहिलो ओलम्पिक भने होइन्। एकसय वर्षअघि सन् १९२०को एन्टवर्क ओलम्पिक स्पेनिस फ्लुले विश्वका ५ करोड मानिसको ज्यान लिएलगत्तै आयोजना गरिएको थियो। सन् २०१०को म्यानकुभर ओलम्पिकमा पनि एच१एन १ प्रकोपको खतरा थियो। यति हुँदाहुँदै यसपटकको ओलम्पिक महामारीका कारण केही भिन्न देखिनेछ– त्यो हो खाडी स्टेडियम।