'गाडी आयातमा लागेको प्रतिवन्ध हटाउन प्रधानमन्त्री सकारात्मक'

नाडा अटोमोबाइल्सक पदाधिकारीले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेको छ ।  अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री देउवासंग भेट गरेको हो । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताएको नाडाले उल्लेख गरेको छ । साथै प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापनागरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएका हँ ।  उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र  आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गरेको बताए । यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुने भन्दै यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका छन्। यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गरेका छन् । सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

नेपालमा प्रतिवन्ध लगाएपछि टिकटकको असन्तुष्टी

सामाजिक सद्भाव खलबलिएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिवन्ध लगाएकोमा यसको सञ्चालक कम्पनी टिकटकले असन्तुष्टी जनाउँदै नेपाललाई सात बुँदे पत्र लेखेको छ।...

टिकटक माथिको प्रतिवन्ध लगाउने निर्णय खारेज गर्न काँग्रेस सहमहामन्त्रीको माग

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन्।...

आयातित खाद्यवस्तुमा प्रतिवन्ध लगाउन जोड

नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरुले […]

अफगानिस्तानमा टिकटक चलाउन प्रतिवन्ध

अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाई छ । प्रतिवन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना […]

राष्ट्र बैंकले भन्यो–आयात प्रतिवन्ध लगाएको वस्तुको एलसी नखोल्नू

नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।सरकारको सो निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्काे निर्णय गर्दै आयात प्रतिवन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिवन्ध कायमै राख्ने निर्ण

यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिवन्ध

यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर संघले दवाव दिएको हो ।रूसबाट इन्धन आयातमा प्रतिवन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ । यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिवन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । रूस

जुबेर हाम्जालाई प्रतिवन्ध

दक्षिण अफ्रीकाका ब्याट्सम्यान जुबेर हाम्जालाई ९ महिनाको प्रतिवन्ध लागेको छ । उनी डोपिङ परीक्षणमा असफल भएपछि आईसीसीले प्रतिवन्ध लगाएको हो ।हाम्जाले आईसीसी समक्ष आफूले भूलबस उक्त औषधि प्रयोग गरेको बयान दिएका छन् । २६ वर्षीय हाम्जाको बयान आईसीसीले स्वीकार गर्दै छोटो समयको प्रतिबन्ध गरेको छ ।हाम्जाले अब आगामी समरमा इंग्ल्यान्ड भ्रमण गुमाउने छन् ।

अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिवन्ध जेठ १७ सम्म लम्बियाे

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई याे जानकारी गराएको हो । तर, भारतसँग सातामा दुई उडान भने निरन्तर जारी रहने छ । कोरोना महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सो प्रतिवन्ध लम्ब्याएर […]

विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णय सकारात्मक : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकार र नेकपा (विप्लव) का बीचमा भएको सम्झौतालाई स्वागत गरेको छ । सम्झौता अनुसार नेकपा (विप्लव) माथिको प्रतिवन्ध हटाउने र राजवन्दीहरूलाई रिहाइ गर्ने समझदारीलाई मसालले सकारात्मक रुपमा लिएको महामन्त्री मोहनविक्रम सिंहले स्पष्ट पार्नुभएको छ । यस्तो छ वक्तव्य : ‘सरकार र नेकपा (विप्लव) का वीचमा भएको सम्झौतालाई ने.क.पा.(मसाल)ले स्वागत गर्दछ । त्यो सम्झौता अनुसार नेकपा(विप्लव)माथिको प्रतिवन्ध हटाउने र त्यसका राजवन्दीहरूलाई रिहाइ गर्ने जुन समझदारी भएको छ, त्यसलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ । प्रतिवन्ध हटेर खुला भएपछि विप्लव पक्षले कुन प्रकारका नीतिहरु अपनाउने छ त्यसका आधारमा नै हामीले उनीहरूप्रतिको नीति निश्चित गर्दै जाने छौं। तैपनि हामीले आशा गर्दछौं, उनीहरूले अपनाउने नीतिहरू सकारात्मक प्रकारका हुने छन् र तिनीहरूबाट देशको जनआन्दोलनलाई महत्वपूर्ण योगदान पुग्ने छ ।’ मिति २०७७ फागुन २० गते मोहनविक्रम सिहं महामन्त्री

एनसेल विष्फोटले प्रतिवन्ध, आपतमा परेपछि फुकुवा !

काठमाडौं । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नमान्ने घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकारबीच ३ बुँदे सहमतिपछि विप्लव समूहमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा भएको छ । २ बर्ष अघि अर्थात् २०७५ फागुन २८ गते सरकारले विप्लव समूहलाई अपराधिक संगठन भन्दै प्रतिवन्ध लगाएको थियो । त्यसको झण्डै २ बर्ष पुग्न लाग्दा अर्थात् २०७७ फागुन फागुन २० गते प्रतिवन्ध फुकुवा भएको हो । विप्लव समुह अर्धभूमिगत रहेको अवस्थामा २०७५ फागुन