लियोनेल मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डि'ओर

लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि'ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र अर्जेन्टिनाका लागि ८ गोल गरेका थिए ।बायर्न म्युनिख र पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो, चेल्सी र का मिडफिल्डर जोर्गिन्हो तेस्रो र रियल म्याड्रिडका फ्रेन