सिटिजन्स बैंक–बर्दिया गैंडा क्याम्प होटल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले होटलको सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था गरिएको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा, १२३  एटीएम र ९० शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।