महानगरविरुद्ध नारा - ‘शहर सबैका लागि कि धनीका लागि मात्रै ?’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सडक व्यापारीलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरूले आन्दोलन गरेका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाले आफूहरूलाई विस्थापित गर्न खाेजेकाे भन्दै आज आइतवार काठमाण्डाैमा भेला भई प्रदर्शन गरेका हुन् ।महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरूले आन्दाेलन गरेका हुन् । व्यवसायीहरूको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले महानगरले सडक व्यापारीहरूलाई गरिखान नदिएको दाबी गर्नुभयाे । ...