प्रत्यक्ष र समानुपातिकतर्फको मत एकैसाथ गणना हुने

काठमाण्डाै – निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ ।  मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो । यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना रहेको छ ।  आज साँझ आयोजित प...